आर्सनललाई आठ अंकको अग्रता

लन्डन । टोटनहमलाई २–० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ । खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए । आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो … Continue reading आर्सनललाई आठ अंकको अग्रता